Yakthung Sirijanga Script unicode for Android System!
The Yuma Samyo Grand Assembly of Nepal has developed the Sirijanga script for Android Sytem, which represents the Yakthung (Limbu) language, making it compatible with Android System using the Unicode code provided by the Unicode Consortium. This development allows users to download and install the script on their Android System devices, making it easier to type and use Yakthung language characters in digital platforms. By following the provided instructions, users can set up the App and begin using it for digital communication, documentation, and preserving cultural heritage.
This initiative aims to promote and standardize the Yakthung Sirijanga script, enabling the Yakthung community to communicate digitally in their native script, thus preserving and fostering their language and culture.
याक्थुङ सिरिजङ्गा लिपि सवैले प्रयोग गरौं!
युमा साम्यो महासभा नेपालले याक्थुङ् लिम्बुहरुको भाषालाई प्रतिनिधित्व गर्ने लिपि सिरिजङ्गा लिपिलाई युनिकोडले प्रदान गरेको कोड अनुसार Android System मा चलाउन मिल्ने गरि विकाश गरेको छ। डाउनलोड गर्नुहोस र दिइएको निर्देशन अनुसार चलाउनुहोस।
Yakthung Sirijunga Script Keyboard is available now! Please, Download and follow the given instruction.
In Part 1, Section 4, Subsection 1 of the Nepal Constitution 2072, it is stated that "Nepal is an independent, indivisible, sovereign, secular, inclusive, democratic, socialism-oriented federal democratic republic." Here, "secularism" is defined to include respect for ancient religions and cultures while protecting religious and cultural freedoms.
For the Yakthung (Limbu) community, "ancient religion" encompasses the practices and beliefs that form the ancient Yakthung Limbu folk religion, deeply rooted in traditional values, beliefs, and the "Yuma religion." This indigenous belief system venerates Yuma Mang (God), the deity considered the creator and supreme being of the universe, regarded as the primordial mother. Yakthung Limbus are seen as followers of Yuma from birth, and their religious practices are essential to maintaining this identity. Fedangma, Samba, Yeba, Yema, and Yuma Sam, figures within the community, play vital roles in preserving this religious heritage.
In the current context, as Nepal is in the process of issuing national identity cards, some organizations have tried to influence the Yakthung community to adopt non-indigenous terms for religion, creating confusion. This violates constitutional provisions, as Part 3, Section 26, Subsection 1 ensures individuals the right to practice, preserve, and express their chosen religion. Therefore, Yakthung leaders urge the community to stay informed, respect democratic rights, and ensure their traditional religion is accurately represented on official documents. They request the Yakthung people to recognize and uphold their ancestral beliefs and resist outside pressures.
Yuma Samyo Mahasabha Nepal
ᤛᤣᤘᤠᤖᤥ᥄ ᤛᤣᤘᤠᤖᤥ᥄ ᤛᤣᤘᤠᤖᤥ᥄
सेवारो
नेपालको संविधान २०७२ को भाग १, धारा ४ को उपधारा १ मा लेखिएअनुसार “नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। स्पष्टीकरणः यस धाराको प्रयोजनका लागि “धर्म निरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, साँस्कृतिक स्वतन्त्रता सम्झिनु पर्दछ ।” याक्थुब्बा (लिम्बू) जातिको हकमा यहाँनेर सनातनदेखि चलिआएको धर्म भन्नाले परापूर्वकालदेखिका, परम्परागत मूल्य-मान्यता, आस्था र विश्वासहरूका आधारमा मानिल्याइएका संस्कार-सँस्कृतिहरूको समुच्चय रहेको प्राचीन लिम्बू लोकधर्मको अविच्छिन्नतालाई बुझिन्छ र याक्थुङ् (लिम्बू) जातिको प्राचीन लोकधर्म युमा धर्म हो। नेपालका आदिमूलवासी जातिहरू मध्ये एक याक्थुङ् (लिम्बू) को मातृभाषा- याक्थुङ् पाःन, लिपि- सिरिजङ्गा, भूगोल- याक्थुब लाजे (लिम्बुवान), भेषभुषा- तागा/मेख्ली, संस्कृति- हाक्पारे, पालाम, यालाङ, केलाङ आदि छन् । याक्थुङ् (लिम्बू) जाति तागेरानिङ्वाफुमा युमा माङका सन्तान हुन् । समस्त ब्रम्हाण्डका सृष्टिकर्ता, सर्वोच्च आत्मा, परब्रम्ह जगतजननी तागेरानिङ्वाफुमा नै युमा माङ हुन् । युमा माङका उपासकहरू, भक्तहरू र सन्तानहरूको धर्म स्वाभाविकरुपमा युमा धर्म नै भएकोले लिम्बूहरू जन्मँदै वा गर्भदेखि नै युमा धर्मी हुन् । फेदाङ्मा, साम्बा, येबा, येमा, युमा सामहरू विना युमा धर्मको कल्पना पनि गर्न सकिन्दैन । आदिमकालदेखि उनीहरूले युमा धर्मलाई बचाएर ल्याएका छन् र भविष्यन्तर बचाइरहने छन्। पुस्ता पुस्तान्तर ज्ञान हस्तान्तरणका अनेक चक्र र पद्धतिबाट हाम्रो मुन्धुम र युमा साम्यो (युमा धर्म) बचाइ राख्ने संस्था वा प्रतिष्ठान फेदाङ्मा, साम्बा, येबा, येमा, युमासाम नै हुन्।
मुन्धुमको केन्द्रविन्दुमा तागेरा निङ्वाफुमा रहेको र उनलाई हामी लिम्बूहरूले दैनिक जीवनमा युमा भनी मानीपुजी आएकोले स्वाभाविक रुपमा याक्थुङ् (लिम्बू) हरूले मान्ने युमा धर्मलाई राज्यका आधिकारिक दस्तावेजहरूमा उल्लेख गर्न-गराउन प्रयासरत रहँदै आइएको छ । यसै सन्दर्भमा हाल राज्यले राष्ट्रिय परिचय पत्र तयार गर्नका लागि याक्थुङ् लाजे लिम्बुवान क्षेत्रमा आवश्यक तथ्याङ्क संकलन गर्ने कार्य शुरु गरिरहेको र त्यस किसिमको परिचय पत्रको फाराममा धर्मको नाम समेत भर्न वा लेख्न पर्ने भएको छ । यसैबीच विभिन्न नामका संघ-संस्थाहरूले याक्थुङ् (लिम्बू)हरूलाई हाम्रो मुन्धुम र बोलीचालीमा कहिल्यै प्रयोग नहुने, गैर लिम्बू भाषामा नाम रहेका, गैर लिम्बू धर्मको नाम परिचय पत्रका फाराम लगायतका दस्तावेजहरूमा लेख्न-लेखाउन अपिल गरी अलमल्याउन खोजेको बुझिएको छ । नेपालको संविधान २०७२ को भाग ३, धारा २६, उपधारा (१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ भन्ने प्रावधानको विपरीत देखिनेगरी स्वेच्छाले आफूले चाहेको, रोजेको धर्म मान्न पाउने व्यक्तिको स्वतन्त्रता, नैसर्गिक र जन्मसिद्ध अधिकार उपर नियन्त्रण गर्न खोजिएको आशय बुझिनेगरी आदेश वा निर्देशन दिने जस्ता गैर संवैधानिक क्रियाकलापहरू गरिएको बुझिएकोले त्यस्ता भ्रम छर्ने र अलमल्याउने तत्त्वहरूदेखि बेलैमा सचेत रहन, कसैको बहकाउ र उक्साहटमा नलाग्न हुन समेत विनम्र अनुरोध गर्दछौँ । त्यसप्रकारका अनेक गलत तत्त्वहरूदेखि सावधान रहँदै संविधानले प्रत्याभुत गरेको लोकतान्त्रिक पद्धति, आत्मनिणर्यको अधिकार तथा व्यक्तिगत स्वतन्त्रता, निजी आस्था र विश्वासका आधारमा आफ्ना बाजेबराज्यू, पितापूर्खाहरूका पालादेखि निरन्तर आफूले मानिल्याएको धर्मको नाम नै सरकारी तथा गैर सरकारी कागजातहरू, फारामहरू, परिचय पत्रहरू र त्यसखाले विशेष महत्त्वपूर्ण अवसरहरूमा उल्लेख गर्न-गराउन आदरणीय बुबाआमा, बाजेबोजू, इष्टमित्र, कुलकुटुम्बा, छरछिमेकी, मामामावली, भानाभान्जा, भाइभतिजा, छोरीचेली, हितेरीमितेरी, तुत्तु तुम्याहाङ्, फेदाङ्मा, साम्बा, येबा/येमा, युमासाम आदि समेत सम्पूर्ण याक्थुङ् (लिम्बू) जनसमुदायमा हार्दिक अनुरोध गर्दछौँ ।
The Yuma Samyo Grand Assembly of Nepal has developed the Sirijanga script, which represents the Yakthung (Limbu) language, making it compatible with Microsoft Windows using the Unicode code provided by the Unicode Consortium. This development allows users to download and install the script on their Windows devices, making it easier to type and use Yakthung language characters in digital platforms. By following the provided instructions, users can set up the font and begin using it for digital communication, documentation, and preserving cultural heritage.
This initiative aims to promote and standardize the Sirijanga script, enabling the Yakthung community to communicate digitally in their native script, thus preserving and fostering their language and culture.
याक्थुङ सिरिजङ्गा लिपि सवैले प्रयोग गरौं!
युमा
साम्यो महासभा नेपालले याक्थुङ् लिम्बुहरुको भाषालाई प्रतिनिधित्व गर्ने
लिपि सिरिजङ्गा लिपिलाई युनिकोडले प्रदान गरेको कोड अनुसार Microsoft
Windows मा चलाउन मिल्ने गरि विकाश गरेको छ। डाउनलोड गर्नुहोस र दिइएको निर्देशन अनुसार चलाउनुहोस।
Yakthung Sirijunga Script Keyboard is available now! Please, Download and follow the given instruction.
Note: Mozilla Firefox gives you a better performance and better unicode support.
If you have a website, you can add this program and share it with others!
नोटः कसै संग Website छ भने यो प्रोग्राम राख्न र सेयर गर्न सक्नु हुनेछ!!
याक्थुङ सिरिजङ्गा UnicodeKeyboard Layout को विकाश
युमा साम्यो महासभा
नेपालको पहलमा याक्थुङ सिरिजङ्गा लिपि UnicodeKeyboard Layout को विकाश गरिएको
छ।यसमा म बिरान लिम्बु (CODES Pvt. Ltd,) विकाशकर्ता (Developer) को काम गरेको छु।
याक्थुङ
सिरिजङ्गा UnicodeKeyboard Layout विकाश
गर्दा दुईटा फन्ट विकाश गरिएको छ। एउटा Traditional
Font जस्लाई Yumasamyo
font भनिएको छ भने अर्को Unicode
Font वनाइएको छ, जसलाई YumasamyiUT
भनिएको छ। याक्थुङ सिरिजङ्गा UnicodeKeyboard Layout
लाई
सकभर सवैलाई सजिलोहोस भनेर रोमनाइज गरिएको छ।जस्तै "युमा"
लेख्दा (y)ᤕ+(u)ᤢ+(m)ᤔ+(a)ᤠ = ᤕᤢᤔᤠ हुनेछ।त्येस्तै
"याक्थुङ्" लेख्दा (y)ᤕ+(a)ᤠ+(K)ᤰ+(T)ᤌ+(u)ᤢ+(z)ᤱ=ᤕᤠᤰᤌᤢᤱ जति
पनि आधा अक्षर, केहि व्यञ्जनवर्णहरु र केहि स्वरवर्णहरुलाई Shift थिचेर प्रयोग गर्न सकिने छ।
किबोर्डमा माथिल्लो
अक्षरलाई Shift थिचेर प्रयोग
गरिन्छ भने तलकोलाई सिधै लेख्न सकिने छ।
यदि यो
प्रोग्राम छ भनेतल देखाइएको अनुसार गर्नुहोसः
Download folder
मा
जानुहोस
1.Yakthung Sirijunga folderखोल्नुहोस.
Double
click and follow the instruction.
Setup खोल्दा यदि यो स्क्रिन आएमा तल
देखाइए अनुसार गर्नुहोला! यो Install Program लाई Microsoft
Corporation मा दर्ता नगरिएकोले यो Warning दिएको
मात्र हो।
Setup
लाई Double Click गरेरखोलिसके पछि तल देखाइए
अनुसार गर्नुहोला।
सवै पुरा
भयो!
प्रयोग गर्ने विधि
Computer
Restart भए
पछि Tyeping
को
लागि
Word Program खोल्नुहोस र तल दिएको नक्शा अनुसार याक्थुङ् सिरिजङ्गा लिपि छान्नुहोस।
यदि यो
बार छैन भने
किबोर्डको
सहायताले भाषा Switch गर्नु सक्नुहुने छ।
जस्तै एक
पटक Win
key + Space bar थिच्नु भयो भने नेपाली वा याक्थुङ सिरिजङ्गा आउछ भने
अर्को पटक थिच्नु भयो भने अँग्रजी आउने छ।
4.Double click Setup file
the keyboard layout and unicode fonts are automatically be installed. After
installation restart your computer.
5.After restart your computer. You’ve
now installed the key-layout. In the System Tray at the bottom
of your Windows screen. On some computers, this icon may be at the top of your
screen or at the top of your active window instead.